शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

विवादित प्रतिनिधिले पनि महासमिति बैठकमा भाग लिन पाउने

admin
admin

काठमाडौं, फाल्गुण ८ । नेपाली कांग्रेसले ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा विवादित जिल्लाका प्रतिनिधिहरु सबैलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ ।

आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको हो । ‘१४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवस टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७–१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी यो पटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रुपमा बैठकमा सहभागी गराउने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ ।
betwild
बैठकको निर्णयअनुसार बारा क्षेत्र नम्बर ३, पर्सा क्षेत्र नम्बर १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नम्बर १, दोलखा, ओखलढुंगा, काठमाडौं क्षेत्र नम्बर ५, दाङ क्षेत्र नम्बर ३, कञ्चनपुर क्षेत्र नम्बर १, बागलुङ क्षेत्र नम्बर २ र सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिहरु महासमिति बैठकमा सहभागी हुन पाउने छन् । यसैगरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका १२ भ्रातृ संघ र ६ शुभेच्छुक संस्थाहरुको हकमा अध्यक्षसहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय पनि कांग्रेसले गरेको छ । ती भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ र नेपाल थारु संघ छन् ।

यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघका अध्यक्षसहित तीन जना महासमिति बैठकमा सहभागी हुन पाउने छन् । शुभेच्छुक संस्थाहरूमा नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनका प्रतिनिधिहरु पनि महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।

यसअघि शुभेच्छुक संस्थाहरुले आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै महासमिति बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए । हिजो उद्घाटन भएको महासमिति बैठक शुक्रबारसम्म चल्ने छ ।

 

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्