बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

कोदालो प्रहार गरेर श्रीमतीको हत्या

admin
admin

सिन्धुली, फाल्गुण १७ । सिन्धुलीमा एक पुरुषले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले हिजो कोदालोे प्रहार गरेर श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । हत्या गर्ने बुद्धबहादुरलाई प्रहरीचौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्