सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

बरिष्ट सौन्दर्यबिद महराद्धारा मल्टिन्युट्रेशन प्रालिको उद्घाटन

admin
admin

ललितपुर – नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ । मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन काटेर उद्घाटन गरिन् । उनी नेपालको नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक पनि हुन् । मानभवनस्थि एभिन्यु–८८ बिल्डिङको दोस्रो तल्लामा अवस्थित मल्टिन्युट्रेशन प्रालिको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुष्मा महराले युरोपियन कन्ट्री पोल्याण्डमा उत्पादन गरिएको प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताइन् ।

‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु । उमेरले ४० कटिसकेँ, तै पनि ४० कटेकोजस्तो नदेखियोस् भनेर म ती प्रडक्टहरू प्रयोग गरिरहेकी छु,’ वरिष्ठ ब्युटिसियन महराले भनिन्, ‘मेड इन पोल्याण्डबाट आएका यी प्रडक्टहरू नेपाल आउनेवित्तिकै मेरो हातमा आइपुगेको थियो । मैले प्रयोग गरेँ, परिणाम राम्रो दियो त्यसैले अहिले धेरै मन पर्छ र अरुलाई पनि प्रयोगका लागि सिफारिस गर्ने गरेकी छु ।’ कोलाजिनका प्रडक्टहरूमा राम्रो फाइदा रहेको भन्दै उनले धेरैलाई रिकमेण्ड गर्ने गरेको सुनाइन् ।xslot giriş

२० वर्षदेखि ६० वर्ष उमेर समूहलाई लक्षित गरेर नेपाल भित्र्याइएका यी प्रडक्टहरू मुख्यतः ३० वर्ष कटेपछि अधिक प्रयोग हुने गरेको उनको भनाइ छ । मानिसको उमेर बढ्दै जाँदा कोलाजिन ड्यामेज हुने र त्यसको रिपेयरका लागि मल्टिन्युट्रेशनका प्रडक्टहरू प्रयोग गर्न सकिने मल्टिन्युट्रेशनकी किरण तामाङले जानकारी दिइन् । उनका अनुसार प्रडक्टहरू मेडिकेटेड भएको तथा कपाल, स्किन, आइब्रो, नेल्स र आइलासिसका लागि प्रयोग गर्न सकिन्छ । त्यस्तै, चायाँपोतो, रिङकल र पिम्पल्सहरूमा पनि यी प्रडक्टहरू प्रयोग गर्न सकिने उनले बताइन् ।

होलसेललाई प्राथमिकतामा राखेर प्रडक्ट बिक्री गरिरहेको मल्टिन्युट्रेशन प्रालिले ग्राण्ड ओपनिङको अवसर पारेर हरेक प्रडक्टमा १० प्रतिशत छुट उपलब्ध गराएको बताएको छ । मल्टिन्युट्रेशनले ल्याउने प्रडक्टहरू मल्टिन्युट्रेशनबाहेक काठमाडौंको काठमाण्डू मललगायत देशका विभिन्न शहरमा अवस्थित फेसियल हाउस र तिनका आउटलेटहरूमा पनि पाइने बताइएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्