सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

रास्वपाको केन्द्रीय समितिको बैठक २९ गते

admin
admin

काठमाडौं, वैशाख २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
belek escort
उहाँका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षालगायतका विषयमा बैठक केन्द्रित हुने छ । यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ । रास्वपाको सचिवालय बैठक भोलि बस्ने छ । त्यस्तै संसदीय दलको बैठक वैशाख २४ गते बस्ने महामन्त्री ढकालले जानकारी दिए । सबै बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने जनाइएको छ । रास्वपाले इलाम –२ को उपनिर्वाचनमा उम्मेदवार बनाएका मिलन लिम्बुले ५ हजार ५० मतमात्र पाउनुभएको थियो । उहाँले जमानत जोगाउन पनि सकेनन् । रास्वपा सभापति लामिछानेले निर्वाचनको परिणामलाई सहज ढंगले स्विकार्नसमेत नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्