शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न सहयोग

admin
admin

काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ११ अमारे स्थाई घर भइ हाल काठमाडौ तारकेश्वरमा खुशी नामक दुध डेरी सञ्चालन गर्दै आएका तिवारी दम्पतीले बैबाहिक बर्षगाठको अबसरमा अपाङ्ग सरोकार केन्द्र बालाजुमा खाद्यान्न सहयोग गर्नु भएको छ । नेपाल डेरी एसोशियसन बागमती प्रदेशको उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आईरहेका धुर्ब तिवारी र उहाँकी श्रीमति पबि तिवारीले आफ्नो १४ औँ वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रका आश्रितलाई चामल, दाल, तरकारी,चिउरा, पनिर, घ्यु, नून, तेल लगायतका खाद्यान्न सहयोग गरेका छन् । असल शासन, कोक्याप तथा काठमाडौं जेसिज जस्ता सामाजिक संघ–संस्थाहरुमा रहेर सक्रीय समाजसेवीको भूमिकामा देखा पर्दै विभिन्न संघ संस्थाहरुबाट सम्मानित हुने अवसर समेत पाउदै आएका तिवारीले वैवाहिक वर्षगाँठमा अनावश्यक खर्च गर्नुको साटो आश्रितलाई सामान्य सहयोग स्वरुप खाद्यान्न सहयोग गरिएको बताए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्