शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

रामचन्द्र पौडेलद्वारा कृषिमन्त्रीलाई ध्यानाकर्षण

admin
admin

काठमाडौं, साउन ७ । धादिङका रामचन्द्र पौडेलले कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानको समस्याबारे ध्यानाकर्षण गराएका छन् ।

केही दिनअघि मन्त्रालयमा नै पुगेर भेटेका धादिङको थाक्रेका पौडेलले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘सरकार छ, मन्त्री छन्, कृषिमन्त्री पनि छन् तर सधैं किसानको समस्या जस्ताको त्यस्तै छ त्यसैले एक पटक कृषिमा केही गरेर देखाउन मन्त्रीलाई आग्रह गरें’ उनले भने ‘मेरो कुरा सुनेर मन्त्रीज्यू पनि सकारात्मक हुनुभएको छ ।’ पौडेलले कृषिमन्त्री अधिकारीलाई १५ बुँदामा ध्यानाकर्षण गराएका छन् ।

पौडेलले नेपालमा कृषिक्षेत्रमा प्रशस्तै सम्भावना भए पनि सरकारले यसलाई व्यवस्थित गर्न नसकेको अरोप लगाए । कांग्रेस नेता मन्त्री अधिकारी पनि धादिङबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । पौडेलले कृषिमन्त्रीले कृषि क्षेत्र बुझेकाले केही आशा गर्न सकिने पनि बताए । पौडेलले स्वदेशमै मल कारखाना खोल्नुपर्ने र स्वदेशकै मल प्रयोग गर्न अनिवार्य गरिनपर्ने, कुरिलो, कागती, एभोकाडो, आँप , लिचीजस्ता वस्तु किसानलाई निःशुल्क वितरण गरिनुपर्ने, कृषि अनुदानलाई अझ व्यापक बनाइनुपर्ने, समय समयमा कृषिमन्त्रीले कृषिक्षेत्रको भ्रमण गर्नुपर्नेलगायतका माग अघि सारेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्