मन्त्री खड्का नै पहिलो
काठमाडौं, भदौ १२ । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री यो मन्त्रिपरिषदमा पहिलो मन्त्री बनेका छन् ।
मन्त्री भएको ४३ दिनपछि उनले हिजो मन्त्रालयमा पूर्व उर्जामन्त्री बोलाएर छलफल गरेका छन् । उनले पूर्वमन्त्रीहरुको राय र सुझाव लिएर काम गर्ने भन्दै मन्त्रीसँग छलफल गरेको जनाइएको छ । मन्त्री खड्काले जलश्रोत र उर्जाको क्षेत्रमा देखिएका सम्भावना र चुनौतीबारे छलफल गरेका थिए । मन्त्रालयमा आयोजित छलफलमा पूर्वमन्त्रीहरुले आफ्ना अनुभव साटासाट गर्नुका साथै सुझाव पनि दिएका थिए । अहिलेसम्म यो सरकारका कुनै मन्त्रीले यसरी पूर्वमन्त्रीसँग छलफल गरेका छैनन् ।
खड्का गत असार ३१ गते मन्त्री भएका थिए । यसअघि पनि राज्यमन्त्री भएको अनुभव छ खड्कामा । उनी संखुवासभाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

