शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
अन्तर्राष्ट्रिय

साउदी केम्पिनस्की होटलमा मनाइयो संविधान दिवस

admin
admin

साउदी : साउदी अरवियाको केम्पिनस्की होटलमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस एक कार्यक्रम गरी मनाएको छ ।

नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले साउदी अरबको केम्पिनस्की होटलमा विश्व चर्चित एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाको नेतृत्वमा नेपाली खानालाई परिचित गराउँदै संविधान दिवस मनाइएको हो।

नेपाली मौलिक खानालाई विदेशीको रुचिअनुसारको बनाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको पनि थापाले बताए ।नेपाली सांस्कृतिक विविधता झल्किने मौलिक सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियोे।

कार्यक्रममा ३५० भन्दा बढी विदेशी नागरिकलाई नेपाली परिकारहरू जस्तै म:म:, फुरौला, सेलरोटी, थुक्पा, सेकुवा, रायोको साग, खसीको पक्कु र खीरको स्वाद चखाइएको पेस्ट्रि सेफ थापाले जानकारी दिनु भयो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्