शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

पशुचौपायाले दुःख पाएकोमा एनिमल नेपालद्धारा चिन्ता

admin
admin

काठमाडौं, असोज १३ । एनिमल नेपालले पशु सेवा नियमावलीविपरीत हुने गरी पशु चौपाया आयात गरिएकोमा आपत्ति जनाएको छ ।

संस्थाले हिजो काठमाडौमा पत्रकार सम्मेलन गरी दशैंमा बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका ल्याइने पशु चौपायाको रक्षा र संरक्षण नभएको जनाएको छ । नियमावली अनुसार पशुचौपाया नल्याउँदा उनीहरुलेले दुःख पाएको भन्दै एनिमल नेपालले यो विषयमा चासो राखेको छ । नियमावलीमा १२ वटा मापदण्ड उल्लेख गरिएको भए पनि त्यसलाई पालना गर्न व्यवसायीहरु तयार नभएका संस्थाकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले बताइन् । नियमावलीअनुसार नल्याइएका पशु चौपाया फिर्ता गर्ने अधिकार पशु क्वारेन्टाइनलाई भए पनि विभिन्न प्रकारको सेटिङमा उपत्यका भित्रिने गरेको राणाको आरोप छ । देशभर ८ वटा पशु क्वाराइन्टाइन कार्यलय रहेका छन् ।

पशुपंक्षीलाई दुःख, पीडा र मानव सिर्जित क्रुरताबाट छटकारा दिने लक्ष्य लिएर १५ वर्षअघि एनिमल नेपालको स्थापना भएको हो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्