सिरहाका मानिसले नपत्याएकाले देशको नेतृत्व कसरी गर्न सक्ला ?–शम्भु थापा
काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ट अधिवक्ता शम्भु थापाले सिरहाका जनताले नपत्याएका मान्छेले देशको नेतृत्व कसरी गर्न सक्ला भनेर प्रश्न गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृ चित्रलेखा यादवप्रति व्यङ्ग्य गरेका हुन् । थापाले यादवलाई सरकारले अष्ट्रेलियाको राजदुत सिफारिस गरेको भन्दै व्यङ्ग्य गरेका हुन् । थापाले पार्टीले सधैं जुनसुकै अवसरमा पनि आफ्ना खास १० जना मान्छेलाई मात्रै अवसर दिने गरेको पनि बताए । उनले पार्टीका नेताहरु सीमिति घेरबाट माथि उठ्न नसकेको समेत आरोप लगाए । पूर्व उपसभामुख, पूर्वमन्त्रीसमेत भइसकेकी यादवलाई कांग्रेसले पटक पटक अवसर दिइरहेको छ । उनी पार्टीको पूर्व कोषाध्यक्ष पनि हुन् ।
यादव गत प्रतिनिधिसभाको निर्वाचनमा सिरहा–२ बाट पराजित भएकी थिइन् । यो क्षेत्रमा राजकिशोर यादवले निर्वाचन जितेका थिए ।

