सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

सधैं निर्वाचन जितेकाले एक्लो भए देउवा

admin
admin

काठमाडौं, माघ २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्मको संसदीय निर्वाचन जित्दै आएका छन् । अहिलेसम्म उनले सात पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । जति पटक उम्मेदवार भए पनि निर्वाचन जितेकाले नेपालको राजनीतिमा अहिलेसम्म निरन्तर निर्वाचन जितेर सांसद भइरहने उनीमात्रै एक्लो हुन् ।

२०७९ सालको प्रतिनिधिसभाको निर्वाचन पनि उनले आफ्नो गृहजिल्ला डडेलधुराबाट जिते । उनले त्योभन्दा अघि भएको २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन पनि डडेलधुराबाट नै जितेका थिए । देउवाले कहिले एक त कहिले दुईवटा क्षेत्रबाट पनि यसअघि निर्वाचन जितेका थिए । पछिल्लो समयमा कानुन नै बनाएर एकभन्दा बढी क्षेत्रबाट उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । जतिवटा क्षेत्रबाट पनि उम्मेदवार हुन पाउने भएपछि पार्टीका केही प्रमुख नेता सधैंजसो दुईवटा क्षेत्रबाट उम्मेदवार बन्दै आएका थिए । दुइवटा क्षेत्रबाट उम्मेदवार बन्दा दुबैतिर नजितिए पनि एक क्षेत्रबाट भए पनि जितिन्छ भन्ने उनीहरुको ‘च्याँखे दाउ’ हुने गरेको थियो तर दुबै क्षेत्र जितेपछि पछि एउटा क्षेत्र छोड्नुपर्ने भएकाले कुन क्षेत्र छोड्ने भन्नेमा पनि निकै ठूलो विवाद हुँदै आएको थियो । दुइवटा क्षेत्रबाट यसअघि निरन्तर उम्मेदवार भइरहनेमा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला पनि अग्रपंक्तिमा थिए । उनी मोरङ र सुनसरीबाट उम्मेदवार हुन्थे त्यस्तै शेरबहादुर देउवा, विजयकुमार गच्छदार, केपी शर्मा ओली, माधवकुमार नेपाल, वावुराम भट्टराई, सुशील कोइराला, झलनाथ खनाल, वामदेव गौतम पनि दुईवटा क्षेत्रबाट उम्मेदवार बन्ने नेतामा पर्छन् । यीमध्ये कहिले कसैले दुबै क्षेत्रबाट निर्वाचन जितेका थिए भनें कहिले कसैले दुबै क्षेत्रबाट हारेका पनि छन् ।

ओलीले झापालाई नै आफ्नो निर्वाचनको क्षेत्र बनाएर पटकपटक प्रतिस्पर्धा गरे । उनी २०६४ सालको संविधानसभाको निर्वाचनमा झापा–७ बाट माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भए । ओलीले योबाहेक अरु निर्वाचन सधैं जित्दै आएका छन् । २०४८ सालदेखि आजसम्म आउँदा ओलीले ६ वटा संसदीय निर्वाचन जितेका छन् । सुशील कोइराला, माधवकुमार नेपाल र वामदेव गौतमले पनि २०७० सालमा दुइवटा क्षेत्रबाट निर्वाचन जिते । उनीहरुले दुबै क्षेत्र जितेकामध्ये एक क्षेत्र छोड्नुपर्ने भएकाले त्यहाँ पछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा नेपालले जितर छोडेको क्षेत्र काठमाडौं–२ मा कांगेसका उम्मेदवार दीपकप्रसाद कुँइकेल विजयी भए । यतिबेला सुशीलले चितवन र गौतमले प्युठान छोडेका थिए । निर्वाचनमा उम्मेदवार भएपछि सधैं जितिरहने नेतामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि पर्छन् तर उनी पछिला केही निर्वाचनमा उम्मेदवार बनेका छैनन् । गच्छदारले २०७९ को निर्वाचन सुनसरीबाट हारेपछि देउवासँग प्रतिस्पर्धा गर्न उनले पाएनन् । यो निर्वाचन पनि गच्छदारले जितेका भए देउवा र गच्छदार नै सधैं निर्वाचन जित्ने नेताको रुपमा इतिहासमा नाम लेखिने थियो । २०६४ सालको संविधानसभाको निर्वाचनमा नेपालले रौतहट र काठमाडौंबाट नै निर्वाचन हारेका थिए । एक पटक रुपन्देहीमा पनि उम्मेदवार भएका वावुराम भट्टराइले गोरखा जितिरहँदा पनि रुपन्देहीबाट एमाले नेता विष्णुप्रसाद पौडेलसँग पराजित हुनुपरेको थियो । २०७० सालमा इलाम र सर्लाहीबाट प्रतिस्पर्धा गरेका एमालेका उम्मेदवार झलनाथ सर्लाहीबाट पराजित भएका थिए ।

देउवाले २०४८, २०५१, २०५६ सालको संसदीय निर्वाचनका साथै २०६४ र २०७० सालको संविधानसभाको, २०७४ र २०७९ सालको प्रतिनिधिसभाको निर्वाचन जितेर इतिहास रचेका छन् । देउवाजस्तो निरन्तर निर्वाचन जित्ने अरु कोही छैनन् । कसैले ६ पटक निरन्तर जिते पनि बीचमा एउटा निर्वाचनमा पराजय भोगेका छन् । देउवा निर्वाचित भएको डडेलधुरामा २०४८ सालदेखि नै एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्