सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारणसभा सम्पन्न

admin
admin

काठमाडौं, फाल्गुण १७ । हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारणसभा हिजो ललितपुरमा सम्पन्न भएको छ ।

साधारणसभाले अध्यक्ष विपिन राई, महासचिव मोहननाथ मास्के र कोषाध्यक्ष महेन्द्रबहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । क्लबका अध्यक्ष राई सभापति रहेको उक्त कार्यक्रममा क्लबका पूर्व पदाधिकारी, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अवनिभूषण उपाध्याय, प्रा.डा.प्रकाशराज रेग्मी, नेपाल हार्ट नेटका संयोजक डा.विजयगोपाल राजवंशी, नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाका पदाधिकारीलगायतको उल्लेख सहभागिता रहेको थियो ।

२७ औं वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्व समेत चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि डा.अवनिभूषण उपाध्यायबाट ‘हृदयको आवाज’ स्मारिकाको विमोचन समेत गरिएको छ । साधारणसभाका अवसरमा हार्ट क्लब नेपालको ललितपुर शाखाका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । डा.लक्षी सिंहको नेतृत्वमा हार्ट क्लब नेपालको ललितपुर शाखा यसअघि नै गठन गरिएको थियो ।

कार्यक्रममा चिकित्सकहरुले दुब्लो भएर पनि धुमपान गर्ने, मध्यपान गर्ने, चिनीयुक्त खानेकुरा बढी खाने, सन्तुलित भोजन नगर्ने, तनावग्रस्त रहने व्यक्तिलाई मुटुरोगको उच्च जोखिम हुने भएकाले ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्