वालेनसिटी त्यस्तो छ दीपकसिटी यस्तो हुन्छ ?
काठमाडौं, चैत्र २४ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले नगरपालिकाको सरसफाई गर्ने जिम्मा लिएकाले राम्रो सरसफाई नगरेको भन्दै उनीहरुलाई हटाएका छन् ।
‘धेरै गुनासो आएको थियो तर पनि गर्लान् भनेर केही बोलिन अबचाहिँ हदै भएपछि नगरपालिकाले राख्न सक्दैन’ उनीहरुसँग गुनासो गर्दै मेयरले भने ‘वालेनसिटी त्यस्तो छ, दीपकसिटी यस्तो हुन्छ ?’ मेयरले उनीहरुलाई हटाएर नयाँ समूहलाई सरसफाइको जिम्मा दिएका छन् । नगरपालिका सरसफाई राखने धेरै प्रयास भएअनुसार काम भइरहेको तर कामको प्रमुख जिम्मा दिएर जागिर खाएकाले नै काम गर्नेतिर ध्यान नदिँदा समस्या भएको मेयरले बताए । मेयर रिसालले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा राम्रो काम गरेको प्रशंसा गर्दै आफ्नो नगरपालिकामा पनि व्यवस्थित गर्न सबै नगरवासीलाई सहयोगको लागि आग्रह गरेका छन् ।

