सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

गौरादहका हरिप्रसाद घिमिरेद्धारा विद्यालयमा दूई लाख रुपैंयाको अक्षयकोष स्थापना

admin
admin

झापा, चैत्र २६ । गौरादह–२ झापाका हरिप्रसाद घिमिरेले वडा नम्बर ३ धिमधिमेमा रहेको श्री सूर्योदय आधारभूत विद्यालयमा दुई लाख रुपैंयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।

विद्यालय स्थापना गर्ने बेलादेखि नै सक्रिय घिमिरेले विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको बताएका छ्न् । ८९ वर्षीय घिमिरेले विद्यालय व्यवस्थापन समितिमा रहेर लामो समय काम पनि गरेका थिए । ‘विद्यालय स्थापना गर्न पनि मैले ठूलो योगदान गरें, यो विद्यालयको माया छ त्यसैले केही गरौं भनेर यो निर्णय गरेको हुँ’ घिमिरेले भने । उनका माइला छोरा भावेश (सञ्जीव) ले पनि बुबाको चाहना अनुसार सबैको सल्लाहमा नै अक्षयकोष स्थापना गरिएको बताए । उनले भने ‘बुबालाई त्यो विद्यालयको धेरै माया छ पहिलेदेखि नै केही न केही गर्नुपर्छ भनिरहनुभएको थियो, अहिले अक्षयकोष स्थापना भयो ।’ सञ्जीवले भोलिको दिनमा अक्षयकोषमा रकम बृद्धि गर्न सकिने पनि बताएका छन् ।

अक्षयकोषबाट आएको ब्याजले गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुग्ने सञ्जीवको भनाई छ ।
हरिप्रसाद घिमिरे अहिले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ मा छोरा सञ्जीवसँग बस्दै आएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्