सांसद कार्कीलाई पितृशोक
काठमाडौं, जेष्ठ १० । प्रतिनिधिसका सांसद गंगा कार्की (विश्व) लाई पितृशोक परेको छ ।
दोलखाबाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट निर्वाचित सांसद कार्कीका बुबा टेकबहादुर कार्कीको २०८२ साल जेष्ठ ५ गते निधन भएको हो । ८० वर्षिय कार्की लामो समयदेखि बिरामी थिए । उपचारका क्रममा नै बुबाको निधन भएको सांसद कार्कीले बताए । १३ दिनको काम दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ मा रहेको घरमा नै भइरहेको छ । कार्कीको जन्म २००२ साल भदौ २२ गते भएको थियो । निधन भएका कार्की गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीका हजुरबुबा हुन् ।

