आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

अस्कल क्याम्पसको स्ववियुको सक्रियता, विद्यार्थी छुट नदिने सवारी उच्च निगरानीमा

admin
admin

काठमाडौं, जेठ ११ । काठमाडौंको लैनचौरमा रहेको अमृत क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थी छुट नदिने सवारीसाधनको निगरानी गर्न थालेको छ ।

स्ववियुका अध्यक्ष रुद्रहरि पोखरेलले विद्यार्थीले यातायातमा ४५ प्रतिशत छुट पाउनुपर्ने व्यवस्था भए पनि विद्यार्थीले छुट नपाएकाले छुट कार्यान्वयनका लागि पहल गरिएको बताए । स्ववियुले जेष्ठ १ गते विज्ञप्ती नै प्रकाशित गरी विद्यार्थीलाई आग्रह र यातायात व्यवसायीलाई ध्यानाकर्षण गरेको छ । स्ववियु अध्यक्ष पोखरेलद्धारा प्रकाशित विज्ञप्तीमा भनिएको छ– ‘विद्यार्थीहरुले लडेर ल्याएको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि यस्तो जनपक्षीय र विद्यार्थीको लागि सहुलियपूर्ण निर्णय कार्यान्वयन नभइरहेको अवस्थाप्रति स्वतन्त्र विद्यार्थी युनियन अमृत क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको छ । आ–आफ्नो रुटमा पर्ने भाडामा छुट नदिने यातायातहरुको विवरण स्ववियुलाई उपलब्ध गराउन सबै विद्यार्थीहरुलाई अनुरोध गर्दै सम्बन्धित पक्षहरुलाई यसै पत्रमार्फत ध्याकर्षण गराउँदछौं ।’

‘विद्यार्थीले ४५ प्रतिशत छुट पाउनुपर्ने व्यवस्था छ तर पनि यातायात व्यवसायीले दिएका छैनन्, विद्यार्थीको त्यही अधिकारका लागि लडिरहेका छौं’ अध्यक्ष पोखरेलले भने ‘पटक पटक यातायात व्यवसायीसँग आग्रह गर्दा पनि विद्यार्थीले छुट पाउने अवस्था नभएकाले संघर्ष अघि बढाएका हौं ।’ उनले आफूहरुको माग पूरा नहुञ्जेलसम्म अधिकारका लागि लडिरहने बताएका छन् ।
अध्यक्ष पोखरेलले विद्यार्थीले छुट पाए÷नपाएको विषयमा बुझ्न विभिन्न सवारीसाधनको अनुगमन गरेको पनि बताएका छन् । ‘हामी अहिले विभिन्न रुटमा पुगेर बुझिरहेका छौं, कतिपय सवारीसाधनले विद्यार्थी छुट नदिएको पाएका छौं त्यतिबेला व्यवसायीलाई सम्झाएका छौं’ अध्यक्ष पोखरेलले भने ‘यो अभियान देशैभर चलाउनुपर्छ भनेर अन्य क्याम्पससँग पनि छलफल भइरहेको छ ।’ अध्यक्ष पोखरेलले लामो दूरीको यातायातमा पनि विद्यार्थीले छुट पाउनुपर्ने बताएका छन् ।

एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय सदस्यसमेत रहेका उनले यसअघि आफू क्याम्पसको इकाई कमिटी अध्यक्ष हुँदादेखि नै छुटको विषयमा आवाज उठाएको बताए । ‘म निरन्तर यो अभियानमा लागेको छु, लामो दूरीमा यात्रा गर्दा पनि विद्यार्थीले पाउनुपर्ने छुट पाउनुपर्छ किनभने उ जता गए पनि विद्यार्थी नै हो, स्ववियु अध्यक्ष भएपछि यो अभियानलाई थप सार्थक बनाउँ भनेर फेरि प्रयास गरेको हुँ’ उनले भने ‘हामीले यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई भेटेर यसबारे जानकारी गराएका छौं, विद्यार्थीलाई भाडामा छुट नदिने सवारीसाधनको अनुगमन भइरहेको छ, त्यस्ता सवारीलाई तोकेर नै कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाउँछौं ।’

उनले अहिले पनि डाटा संकलनको काम भइरहेको बताए । उनले विद्यार्थीलाई प्लेनमा पनि छुट दिने व्यवस्थाका लागि पहल गर्ने पनि बताए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्