सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

नेपाल डेरी एसोसिएसनलाई सम्मान

admin
admin

काठमाडौं, जेठ २४ । रैथाने एग्रि प्रडक्टस् नेपालको आयोजनामा नेपाल डेरी एसोसिएसन बीच भएको सम्झौताबमोजिम ‘गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा’ भन्ने उद्देश्यका साथ काठमाडौंको दरबारमार्गको ओरेन्ट क्याफेमा प्रत्येक शनिवार सञ्चालन हुँदै आएको रैथाने कृषि हाटबजार सञ्चालनको १०० औं हप्ता पुगेको छ ।

यस अवसरमा शनिबार आयोजित एक कार्यक्रममा कृषि तथा पशुपछीं विकासमन्त्री रामनाथ अधिकारीले डेरी एसोसिएसनको योगदानको सम्मान गर्दै एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाललाई सम्मान गरेका छन् । एसोसिएसनले कृषि हाटबजार मेलामा हरेक हप्ता निः शुल्क मोही वितरण गर्दै आएको छ । मोहीको मौलिकता, बजारीकरण तथा प्रबद्र्धनमा नेपाल डेरी एसोसिएसनको योगदानको उच्च मुल्यांकन गर्दै एसोसिएसनलाई सम्मान गरिएको अध्यक्ष दाहालले बताए । ‘मोही स्वस्थ्य हुने भएकाले मोहीको सेवन गर्नुुपर्छ भन्ने अभियान चलाएका हौं, सुरुसुरुमा त मानिसले के गरेको होला पनि भनें तर पछि भने सकारात्मक प्रतिक्रिया पाएका छौं’ अध्यक्ष दाहालले भने । दाहालले बजारका अन्य पेय पदार्थभन्दा मोही नै स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले मोहीको सेवन गर्न सबैलाई अनुरोध पनि गरेका छन् ।

नेपालीहरुको मौलिक खाद्य पेय पदार्थको रुपमा रहेको मोहीको मौलिक उपभोगमा जनचेतनाको अभिवृद्धि गर्दै यसको फाइदाका बारेमा भोलिका दिनहरुमा समेत निरन्तर अभियान सञ्चालन गर्ने दाहालले बताए । विगत २ वर्षदेखि सञ्चालनमा आएको यस कृषि हाटबजारले रैथाने कृषि उत्पादनलाई बढावा दिएको र उपभोक्ताहरुमा मोहीको बारेमा प्रचारप्रसार भएको पनि बताए ।

मन्त्री अधिकारीले एसोसिएनलाई यो कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरे । मोही अभियान्ता एवं नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले मोफसल क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालित कृषि हाटमेलाले राजधानीका उपभोक्ताहरुलाई मात्रै नभएर अन्यलाई पनि प्रभाव पारेको बताए ।

 

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्