सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

किसान महासंघ काठमाडौले आज धान दिवस मनाउने

admin
admin

काठमाडौ । नेपाली कांग्रेसनिकट नेपाल किसान महासंघले असार १५ को उपलक्ष्यमा आज धान दिवस मनाउने भएको छ ।

महासंघका काठमाडौ जिल्ला कार्यसमितिका अध्यक्ष अमृतमान महर्जनले आज विशेष कार्यक्रमका साथ धान दिवस मनाउन लागिएको बताए । अध्यक्ष महर्जनले काठमाडौको कीर्तिपुर नगरपालिका –६ तौदहमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, स्थानीय क्षेत्रका प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री राजेन्द्रकुमार के.सी.को समेत उपस्थितिमा २२ औं धान दिवस दिउँसो ११ बजे दिवस मनाउन लागिएको बताए । असार १५ गतेलाई धान दिवसको रूपमा मनाइदै आइएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्