आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

उपकप्तान पुजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बासडरमा नियुक्त

admin
admin

काठमाडौं, असार ३० । काठमाडौंमा रहेको वीरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पुजा महतोलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ ।

वीराले पुजालाई आजीवन ब्रान्ड एम्बासडर बनाएको हो । कन्सल्टेन्सीले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पुजासँग सम्झौता गरेको हो । कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक रेश्मा महर्जन र पुजाबीच सम्झौता भएको हो । कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, प्रतिनिधिसभाका सांसद मनिष झा, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंहलगायतको सहभागिता रहेको थियो । महिला सशक्तिकरणसँगै महिला क्रिकेटरका लागि वीरा एजुकेसन कन्सल्टेन्सीले साथ दिएको कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक महर्जनले बताईन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान तथा वीरा एजुकेसन कन्सल्टेन्सीकी ब्रान्ड एम्बासडर महतोले महिला क्रिकेट खेलाडीले खासै अवसर नपाइरहेको अवस्थामा वीरा एजुकेसन कन्सल्टेन्सीले गरेको यो सम्झौता आफैमा ठूलो भएको बताइन् । गत वर्ष पुजाको नेतृत्वमा नेपालले पहिलो आईसीसी यू–१९ विश्वकप खेलेको थियो ।

पुजा सम्मिलित नेपाली राष्ट्रिय टोली दुई महिनाअघि बैंककमा भएको छनोट चरण पार गर्दै विश्वकप छनोटमा पुगेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्