सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

संगिताले ल्याइन् ‘यो तिजमा बेस्सरी नाच्ने हो ’

admin
admin

काठमाडौं, साउन २७ । हिन्दु नेपाली दिदीबहिनीहरुको तिज नजिकिँदै गर्दा नयाँनयाँ तिजका भाकाहरु आइरहेका छन् । यसैक्रममा गायिका संगीता अधिकारीको स्वरमा रहेको ‘यो तिजमा बेसरी नाच्ने हो’ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

गितमा ज्ञानदिप सापकोटाको शब्द तथा संगीत रहेको छ । भुपेन्द्र रायमाझिले गितको अरेन्ज गरेका छन् । गितको छायाँकन र सम्पादन हुुकुम शर्माले गरेका छन् । गायिका संगीता अधिकारीका यस अघिपनि बजारमा थुप्रै आधुनिक गित, भजनलगायत सार्वजनिक भईसकेका छन् । उनले मधुरबानी, मनुष्य चोला, भजन संग्रह ल्याइसकेकी छिन् । त्यस्तै आधुनिक गितमा उनका ‘किन दिलको पाना’ , ‘मौसम बर्सातको’, ‘मिठामिठा कुरा,’ ‘फुल्छु भन्थे’, ‘सुन्ने हल्ला’ जस्ता गितहरु बजारमा लोकप्रिय छन् ।

उनले आगामी दिनमा पनि नयाँनयाँ सिर्जना पस्किने तयारी गरेको बताएकी छिन् । उनले अहिलेसम्म दर्शकले गरेको मायाप्रति आभार व्यक्त गर्दै भोलिको दिनमा पनि सहयोगको लागि अपेक्षा गरेकी छिन् । उनको यो तिज गित यूट्युब च्यानलबाट पनि हेर्न सकिन्छ ।

 

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्