सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

मुख्यमन्त्री हेलिकप्टरमा पिकनिक खान गएपछि…..

admin
admin

काठमाडौ, पौष २३ं । वागमति प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टर चढेर पिकनिक खान गएको कुराले अहिले बजार तातेको छ । उनले आफू किन र कसरी हेलिकप्टर चढें भनेर स्पष्ट पारिसकेका छन् ।

उनको सचिवालयले पनि मुख्यमन्त्री हेलिकप्टर चढेर भएको विषयलाई अनावश्यक रुपमा चर्चा नगर्न आग्रह गरेको छ । सचिवालयले सरकारी खर्चमा नभई मुख्यमन्त्री आफ्नै निजी खर्चमा हेलिकप्टर चढेको जवाफ दिइसकेको छ । उनी सिन्धुपाल्चोकको एक कार्यक्रममा सहभागी भएर पिकनिक खान सिराहा आएका थिए । सिन्धुपाल्चोकबाट सिराहा आउन सम्भव नभएकाले नै मुख्यमन्त्रीले हेलिकप्टर आफैं व्यवस्थापन गरेको सचिवालयको भनाई छ । मुख्यमन्त्री बानियाँले पनि यो विषयमा नबुझी चर्चा गर्नु राम्रो नभएको बताएका छन् । उनले सरकारी खर्चमा हेलिकप्टर नचढिएको बताएका छन् । नेपाली कांग्रेसका वागमति प्रदेशका सभापतिसमेत रहेका बानियाँ मकवानपुरका पार्टी निवर्तमान सभापति हुन् ।

२०७० सालमा मकवानपुर–१ बाट संविधानसभाको निर्वाचन जितेका उनले २०७४ सालको र २०७९ सालको प्रदेशसभाको निर्वाचन मकवानपुर–२ बाट जितेका हुन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्