ऋषि धमलालाई झनै गाह्रो
काठमाडौं, माघ १३ । पत्रकार ऋषि धमला आम जनता पार्टी (आजपा)को तर्फबाट रौतहट–४ को उम्मेदवार बनेका छन् । प्रतिनिधिसभाको फाल्गुण २१ गते हुने निर्वाचनमा उनी पत्रकारिता छोडेर रौतहटमा निर्वाचन लड्न पुगेका छन् ।
उनी संसदीय निर्वाचनमा उम्मेदवार भएको यो पहिलोपटक हो । अन्य निर्वाचनमा पनि उम्मेदवार बन्छुु भन्दै आएका उनको उम्मेदवारीलाई अहिले निकै रोचक ढंगले हेरिएको छ । आजपाका अध्यक्ष प्रभु साह हुन् । उनको रौतहटमा राम्रो पकड रहेको छ । साहले २०६४ सालदेखि रौतहटमा सधैं निर्वाचन जित्दै आएका छन् । धमलाले अहिले दिनहुँ मतदातासँग भेट गरिरहेका छन् । मतदातासँग पुग्दा मतदाता जे गरिरहेका छन् उनी पनि सँगै लागेर त्यो काम गर्दै आएका छन् । उनले रौतहटको दुःख देख्दा आफ्नो मन पोलेको पनि भन्न भ्याएका छन् । यतिसम्म कि उनी रौतहट नै आएर बस्ने पनि भनेका छन् ।
धमलाले कहिले साइकल कुदाएका छन् भनें कहिले जुलपी पकाएका छन् । उखुको भारी बोक्न पनि उनी पछि परेका छैनन् । मतदातालाई नमस्ते गर्नु र आवश्यक पर्दा रोहिदिन पनि सक्ने क्षमताका धनी धमला अहिले निकै चर्चित बनेका छन् । आफूलाई चर्चामा ल्याउन पत्रकारिताका क्रममा जे पनि गर्न जानेका धमलाको उम्मेदवारीले रौतहटमात्रै होइन यो निर्वाचन नै थप रोचक बनेको छ ।

