सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

गगन आएपछि कांग्रेसले के जोगायो ?

admin
admin

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा आएपछि पार्टीमा उत्साह थपिएको छ । हिजोको दिनमा कांग्रेसमा मतदान गर्दिन भनेर बस्नेहरु पनि नयाँ र रुपान्तरित कांग्रेस आएपछि आशावादी बनेका छन् ।

गगनले पार्टीभित्र एक प्रकारको विद्रोह गर्दै पार्टीलाई आफ्नो हातमा लिएका छन् । पौष २७ गतेदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदासम्म गगनको राजनीति सफल हुन्छ कि यो महाधिवेशनले नै उनलाई सक्ने हो भन्ने अन्योल थियो तर महाधिवेशन अघि बढ्दै जाँदा गगनको र विशेष महाधिवेशनको पक्षमा देखिएको लहरले उनलाई उत्साहित बनाएको थियो । गगनले कांग्रेसको नेतृत्व गर्नेबित्तिकै देशैभर प्रतिनिधिसभाको टिकट बाँड्ने अवसर पाए । उनले पार्टीका सबै पक्षलाई समेटेर उम्मेदवार बनाएको दाबी गरेका छन् । शुक्रबार उनले पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पदभार पनि ग्रहण गरेका छन् । हिजोको दिनमा आफ्नो भागमा यतिजना उम्मेदवार दिनुपर्छ भनेर अर्को पक्षसँग टिकट माग्ने गगन अहिले टिकट दिने ठाउँमा पुगेका छन् । सभापति हुनेबित्तिकै उनले पार्टीमा अर्को पक्षलाई कुनै विभेद नगर्ने बताएका थिए ।

 

हुन त थापाले देशैभर आफ्नै पक्षका नेतालाई मात्रै वा आफूलाई मान्नेलाई मात्रै टिकट दिन पनि सक्थे तर उनले सबै पक्षलाई मिलाएर टिकट वितरण गरेपछि उनको क्षमताको पनि चर्चा भएको छ । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले थापालाई अबको निर्वाचनपछिको प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । पार्टीको लागिमात्रै नभएर यो निर्णय देशको पक्षमा नै छ ।

गगन आफ्नो बोलीद्धारा अरुलाई प्रभाव पार्न सक्ने क्षमताका नेता हुन् । उनी सर्लाही–४ बाट उम्मेदवार भएका छन् । मधेशबाट उम्मेदवार भएका कारण उनको प्रावले त्यो क्षेत्रको राम्रो मत आउन सक्ने अनुमान गरिएको छ । गगनसँगै उपसभापति रहेका विश्वप्रकाश शर्मा पनि शब्द खेलाउन माहिर छन् । शर्मा उम्मेदवार नरहेकाले देशैभर पार्टीको चुनावी अभियानमा जाने सम्भावना छ । कांग्रेस हिजोको दिनमा शेरबहादुर देउवाको नेतृत्वमा रहेकाले उनले आफू निकटलाई मात्रै टिकट दिने गरेका थिए, जसका कारण तिनै पुराना र बुढाखाडा नेताले मात्रै टिकट पाउँथे तर गगनले भनें अब युवालाई उम्मेदवार बनाउनुपर्छ भनेर धेै युवालाई टिकट दिएका छन् । सभापति हुनेबित्तिकै टिकट वितरण गर्नुपर्ने भएकाले पनि सबै क्षेत्रबाट राम्रो मान्छे छनौट गर्न पनि उनलाई समय अभाव भएको थियो ।

हिजोको दिनमा कांग्रेसमा समानुपातिक मतदान पनि नगर्ने भनेर बसेका कांग्रेसीको लागि पनि गगनले उत्साह र नयाँ उर्जा थपेका छन् । उनले सबै नेता तथा कार्यकर्तालाई कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । समानुपातिकमा देखिएको विकृतिले कांग्रेसलाई समेत आलोचनबाट मुक्त गरेको थिएन । गगन सभापति भएर आइसकेपछि केही गर्लान् भनेर आशा गरेका कांग्रेसी तथा शुभचिन्तकले पनि अब आफ्नो समानुपातिक मत पार्टीमै हाल्ने भन्न थालेका छन् । गगन नभएर अरु कोही सभापति भएको भए वा देउवा नै भएको भए पनि कांग्रेसले समानुपातिक मत बचाउन नसक्ने भएकाले गगन आएपछि अरु जे–जे भए पनि कांग्रेसले आफ्नो मत भनें बचाउने सम्भावना बढेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्