शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

घण्टी बजे पनि नबजे पनि ओलीलाई तनाव

admin
admin

काठमाडौं, फाल्गुण ३ । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तातिसकेको छ । उम्मेदवारहरु जिल्लामा मत माग्न व्यस्त छन् भनें सबैजसोले आफूले जित्नेगरी गृहकार्य गर्दै आएका छन् ।

अहिले पछिल्लो समयमा झापको क्षेत्र नम्बर ५ निकै चर्चित बनेको छ । यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेका छन् भनें राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (वालेन) उम्मेदवार छन् । यतिमात्रै होइन यो क्षेत्रमा अन्य पार्टीसहित स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । वालेन काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर निर्वाचनमा होमिएका हुन् । ओली र साहको दुबैको मतदाता त्यहाँ छैन । ओली भक्तपुर–२ का मतदाता हुन् भनें वालेनको मत काठमाडौंमा नै छ । वालेन त्यहाँ गएर उठेपछि जित र हारको विषयलाई लिएर अनेकन अनुमान गरिएको छ । जान्दै नजानेको र नबुझेको ठाउँमा वालेनले किन उम्मेदवारी दिए भन्ने एउटा प्रश्न छँदैछ भने अर्कोतिर उनी उम्मेदवार भएपछि ओलीलाई पर्नुसम्म पीर परेको छ । केही दिनअघिदेखि नै वालेन झापा–५ बाट उठ्ने चर्चा भएको भए पनि ओलीले यो कुरालाई पत्याएका थिएनन् । उम्मेदवारी दर्ताको क्रममा देखिएको वालेनप्रतिको क्रेजले पनि ओलीलाई नराम्रो झस्का पसेको थियो । दिन बित्दै जाँदा वालेनको पक्षमा देखिएको माहोलले पनि ओलीलाई नराम्रो झड्का दिएको छ । हुन त यो क्षेत्रलाई ओली आफ्नो पकेट क्षेत्रको रुपमा लिन्छन् तर नयाँ मान्छेको प्रवेश भए पनि शक्तिशाली भएकाले ओलीलाई यो निर्वाचन निकै असहज भएको छ ।

हिजोको निर्वाचनमा कुनै पनि गाउँ गएर जनता भेटघाट नगर्ने ओली यसपालि भनें प्रत्येक गाउँगाउँ पुगेका छन् । गाउँमा पुग्दा पार्टीका कार्यकर्ताले राम्रो सम्मान गरेको भए पनि सर्वसाधरणले उनको आगमनलाई त्यति राम्ररी स्विकार्न सकेका छैनन् । मतदाताले जग्गाको लालपुर्जा, रोजगारी र विकाससँग सम्बन्धित विभिन्न विषयमा प्रश्न गरेर ओलीलाई हैरान बनाएका छन् । ओली बिहीबार काठमाडौ फर्केका छन् । ओली जहाँ गए पनि गरिएका प्रश्नको जवाफ दिन पनि उनलाई धौधौ परेको छ । ओलीसँगै एमालेका स्थानीय नेतालाई पनि जनताले आक्रोश व्यक्त गरेका छन् । ओलीको मुख्य प्रतिस्पर्धीको रुपमा साह देखिएका छन् । साह र उनको चुनाव चिन्ह घण्टीको पक्षमा देखिएको माहोलका कारण डराएका ओली र एमालेका लागि नै यो निर्वाचन सबैभन्दा जटील बनेको छ । ओलीले कुनै कारणले निर्वाचन हारेमा स्थानीय नेताको राजनीति पनि संकटमा पर्ने भएकाले पनि स्थानीय नेताहरु असन्तुष्ट मतदाता फकाउन सक्रिय भएर लागेका छन् ।

ओलीले दिने गरेका आश्वासन र फोस्रा चुनावी नारालाई लिएर पनि उनको आलोचना भएको छ । हिजोको दिनमा दिएकै भाषण पफेरि गरेर जनतालाई आफ्नो प्रभावमा पार्ने ओलीको योजना असफल हुँदै गएपछि एमाले पंक्ति नराम्ररी अत्तालिएको छ । सर्वसाधरणले लामो समयदेखि ओलीलाई मतदान गरे पनि यस पटक परिवर्तनको पक्षमा मतादन गर्ने भनेर खुलेरै भन्ने गरेकाले पनि ओलीमाथि संकट थुपारिँदै आएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्