अक्कल तामाङ
न्यूयोर्क
Kirati Rai Society of America ले उधौली साकेला पर्व हर्षोल्लासका साथ भव्य रूपमा सम्पन्न गरेको छ। न्यूयोर्कको Corona Park मा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शम्भु राइले गरेका थिए। प्रमुख अतिथिको रूपमा Consulate General of Nepal in New York का महावाणिज्यदूत दधिराम भन्डारी सहभागी भएका थिए ।

त्यसैगरी, अतिथिहरूमा जनजाती महासङ्घ अ्मेरिकाका अध्यक्ष AP Lama Sherpa, NRNA New York का अध्यक्ष वाशु लामिछाने लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा किराती राई संस्कृतिअनुसार पारम्परिक साकेला नृत्य, नाचगान तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले आफ्ना मौलिक भेषभूषा, सांस्कृतिक बाजागाजा तथा सामूहिक नृत्यमार्फत नेपाली पहिचान र किराती सभ्यताको झल्को प्रस्तुत गरेका थिए ।

उधौली साकेला पर्वले प्रकृतिप्रति सम्मान, सामूहिक एकता र सांस्कृतिक संरक्षणको सन्देश दिने भएकाले विदेशमा रहेका नेपाली समुदायका लागि यसको विशेष महत्व रहेको आयोजकले बताएका छन ।

कार्यक्रमलाई सफल बनाउन संस्थाका अध्यक्ष शम्भु राईले व्यक्तिगत रूपमा २ हजार अमेरिकी डलर सहयोग प्रदान गरेका थिए । सहभागीहरूले उनको योगदानको प्रशंसा गर्दै समुदायप्रति देखाएको समर्पणको उच्च मूल्यांकन गरेका थिए ।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

यसै क्रममा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र नेपाली समुदायको गौरव बढाएका गोल्ड मेडलिस्ट सन्तोष राईलाई विशेष सम्मान गरिएको छ ।

कराते खेल क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएका राईले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत तथा कास्य पदक जित्न सफल भएका छन्। उनले हालै सम्पन्न Hiraldo’s Kai Shubukan Shotokan International Karate Championship 2026 मा काता विधामा गोल्ड मेडल जितेर फेरि एकपटक नेपाली समुदायलाई गौरवान्वित बनाएका छन ।

त्यसैगरी, उनले USA Open Karate Championship मा ब्रोन्ज मेडल, 9th International Game मा गोल्ड मेडल तथा EKE-E1 Series UK 2023 मा सिल्भर मेडल समेत जितेका थिए ।लगातार अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्दै आएका राई नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन ।

न्यूयोर्कस्थित नेपाली समुदाय तथा विभिन्न संघसंस्थाले राईको उपलब्धिको प्रशंसा गर्दै सम्मान व्यक्त गरेका छन्। विशेषगरी नेपाली समाज, कराते खेलप्रेमी तथा सामाजिक अभियन्ताहरूले उनको मेहनत, अनुशासन र समर्पणको खुलेर सराहना गरेका छन ।

कार्यक्रममा बोल्दै वक्ताहरूले खेलकुदमार्फत नेपाली पहिचानलाई विश्वभर फैलाउन सन्तोष राईले महत्वपूर्ण योगदान दिएको बताए ।उनीहरूले आगामी दिनमा पनि अझ ठूलो सफलता हासिल गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन शुभकामना दिएका थिए ।

कराते खेलमा निरन्तर सक्रिय राईले युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिरहेका छन ।