शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

भीमफेदी गाउँपालिकाले कविता प्रतियोगिता गर्ने

admin
admin

काठमाडौं, साउन २८ । मकवानपुरको भीमफेदी गाउँपालिकाले भदौ ७ गते राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपानेले साउन १२ गते एक सूचना जारी गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । उनले कविता छनौटका लागि ७ वटा मापदण्ड रहेको जनाएका छन् । साहित्यकार तुल्सी थापाको स्मृतिमा प्रतियोगिता हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले साउन मसान्तभित्र कविता पठाइसक्न साहित्यकार तथा इच्छुकलाई आग्रह गरेको छ ।

गाउँपालिकाले कविता मौलिक हुनुपर्ने, कतै प्रकाशित वा प्रशारित भएको हुन नहुने, १ सय ५० शब्दभन्दा बढीको हुन नहुने, एकजनाले एकभन्दा बढी कविता पठाउन नपाइने, कविले कवितासँगै नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट उल्लेख गर्नुपर्ने, कविता वाचनका लागि कवि आफैं उपस्थित हुनुपर्नेलगायतका मापदण्ड राखेको छ । गाउँपालिकाले इमलेमा कविता पठाउनुपर्ने भनेको छ ।

उत्कृष्टमध्ये प्रथमले ५० हजार रुपैंयाँ, दोस्रोले ३० हजार रुपैंयाँ, तेस्रोले २० हजार रुपैंयाँ र दुइजनाले प्रोत्साहनस्वरुप १० हजार रुपैंयाँ पाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कविताका लागि बिरेन्द्रबहादुर वस्नेत ९८४८७९०९०९ र चक्र साउद ९८४८६८२८२६ लाई सम्पर्क गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्