बाबुकृष्ण सापकोटा धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित
काठमाडौं, असोज १७ । नेपाली कांग्रेस धादिङका नेता बाबुकृष्ण सापकोटा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सापकोटा धादिङ कांग्रेसका निवर्तमान कोषाध्यक्ष पनि हुन् । राजनीतिसँगै समाजसेवा गर्दै आएका उनी कांग्रेसको १४ औं महाधिवेशनमा गगन–शेखर समूहबाट केन्द्रीय सदस्यको प्रत्यासीसमेत रहेका थिए । गत पौषमा भएको पार्टीको विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । त्यतिबेला सर्वसम्मत नेतृत्व चयन भएको थियो । उनी अपांगता भएको समूहबाट उम्मेदवार भएका थिए । सापकोटाले कांग्रेसको यो महाधिवेशनले पार्टीमा मात्रै नभएर युवाहरुमा पनि एक किसिमको…

