शुक्रबार, ७ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

भोटेकोशीका बाढीपीडितलाई राक्सिराङ गाउँपालिकाको साढे ३२ लाख सहयोग

admin
admin

काठमाडौं, भदौ २८ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोटेकोशीका बाढीपीडितलाई ३० लाख ६२ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनरुत्थान कार्यमा सहयोग पु¥याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न कोषबाट रकम संकलन गरी सहयोग उपलब्ध गराउने निर्णय भएको हो । गाउँपालिका, वडा तथा स्वास्थ्य संस्थाका कर्मचारीबाट ८ लाख ५४ हजार ७ सय ५७ रुपैयाँ संकलन भएको अध्यक्ष मल्लले बताए । यस्तै शिक्षक तथा कर्मचारीबाट १२ लाख ८० हजार १ सय १६ रुपैयाँ संकलन भएको छ । गाउँपालिकाका जनप्रतिनिधिले २ लाख २७ हजार ६ सय ६६ रुपैयाँ दिने भएका छन् । गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ६ लाख ५० हजार रुपैयाँ सहयोग गरिने भएको छ । गाउँपालिकाले गर्ने तिज विशेष कार्यक्रमका लागि छुट्याएको ५० हजार रुपैयाँ पनि बाढीपीडितलाई पठाउने भएको छ । गाउँपालिकाले ३० लाख ६२, हजार ५ सय ३९ रुपैयाँ उपलब्ध गराउन लागेको अध्यक्ष मल्लले बताए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्