बिहीबार, ६ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

कांग्रेसको दमक नगर सभापतिमा खनाल निर्वाचित

admin
admin

दमक, असोज ९ । झापाको दमक नगर कार्यसमितिको आज भएको निर्वाचनबाट नगर समिति सभापतिमा युवराज सागर खनाल विजयी भएका छन् ।

निर्वाचनमा सभापतिका अन्य दुई उम्मेदवारभन्दा बढी मत ल्याएपछि खनाल सभापति भएका हुन् । सभापतिका प्रत्यासी प्रेम भट्टराइले ५९, राजेन्द्र सिटौलाले १ सय ३९ मत ल्याउँदा खनालले १ सय ६५ मत ल्याएका थिए । केही मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खनाल नगरको निवर्तमान उपसभापति थिए । उम्मेदवारी घोषणा गरेपछि उनले सभापति भएपछि आफूले सबैलाई मिलाएर लाने र दमकमा कांग्रेसलाई बलियो बनाउने बताएका थिए ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उनी समाजसेवामा पनि सक्रिय छन् । युवानेता खनालको यो नेतृत्वलाई धेरैले भावीपुस्ताको पनि आशाको केन्द्रका रुपमा हेरेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्