मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ ले आइतबार अगुवा कार्यकर्ता भेला गर्ने
काठमाडौं, असोज १० । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ ले भोलि आइतबार अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।
कार्यक्रम संयोजक सन्तोष भण्डारीले बिहान ७ बजेर ३५ मिनेटपछि सुकेधाराको मिराकल पार्टी भेन्युमा भेला आयोजना गरिएको बताए । भेलामा पूर्वमन्त्री मोहनबहादुर वस्नेत प्रमुख अतिथि रहने छन् । संयोजक भण्डारीले भेलाको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले भेलाले विशेष निर्णय गर्ने पनि जनाएका छन् । भेलामा विशेष अतिथिका रुपमा नरोत्तम बैद्य, कल्याणी रिजाल, जयकृष्ण महर्जन, राजु श्रेष्ठलगायतका रहने छन् । वैद्य वागमति प्रदेशका निवर्तमान सांसद हुन् भनें महर्जन काठमाडौं क्षेत्र नम्बर ९ का क्षेत्रीय सभापति हुन् । श्रेष्ठ वागमति प्रदेशका महामन्त्री हुन्, रिजाल पूर्वसांसद हुन् ।
नेपाली कांग्रेसले असोज १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेका बेला अर्को पक्ष पनि महाधिवेशनमा जुटेको छ । प्रमुख अतिथि वस्नेत विशेष महाधिवेशनबाट सभापति भएर आएका गगनकुमार थापाको विरोधमा कडा बोल्दै आएका छन् ।

