शुक्रबार, ७ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

बाबुकृष्ण सापकोटा धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

admin
admin

काठमाडौं, असोज १७ । नेपाली कांग्रेस धादिङका नेता बाबुकृष्ण सापकोटा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सापकोटा धादिङ कांग्रेसका निवर्तमान कोषाध्यक्ष पनि हुन् । राजनीतिसँगै समाजसेवा गर्दै आएका उनी कांग्रेसको १४ औं महाधिवेशनमा गगन–शेखर समूहबाट केन्द्रीय सदस्यको प्रत्यासीसमेत रहेका थिए । गत पौषमा भएको पार्टीको विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । त्यतिबेला सर्वसम्मत नेतृत्व चयन भएको थियो । उनी अपांगता भएको समूहबाट उम्मेदवार भएका थिए ।

सापकोटाले कांग्रेसको यो महाधिवेशनले पार्टीमा मात्रै नभएर युवाहरुमा पनि एक किसिमको बेग्लै तरंग ल्याउने बताएका छन् । ‘यो महाधिवेशनलाई निकै अर्थपर्ण रुपमा हेरिएको छ किनभनें अबको नयाँ कांग्रेसले रुपान्तरणको एजेण्डा बोक्ने छ’ उनले भने । उनी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । व्यवसायसमेत गर्दै आएका उनी भन्छन् ‘राजनीतिलाई हामीले सही ढंगले बुझ्नुपर्छ ।’

उनी यसअघि धादिङ कांग्रेसको कोषाध्यक्ष हुँदा गठन गरिएको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सन्जालको सह–संयोजकसमेत रहेका थिए । यो भूमिकामा हुँदा देशैभर संगठन र कार्यक्रम गरेर आफ्नो राम्रो पकड जमाएका कारण पनि उनी सबैमा परिचित छन् । कांग्रेसको यो महाधिवेशनमा पनि उनी अपांगता समूहबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छन् । कांग्रेसको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्