बिहीबार, ६ कार्तिक २०८३
ब्रेकिङ न्युज
समाचार

बाढीपीडित नेपालीका लागि न्यूयोर्कबाट FONNA को ३,८८२ डलर सहयोग

admin
admin

अक्कल तामाङ

न्यूयोर्क — नेपालमा बाढीका कारण प्रभावित परिवारको राहत तथा उद्धारका लागि अमेरिकाको न्यूयोर्कमा रहेको Friends of Nuwakot in New York, America (FONNA) ले ३ हजार ८८२ अमेरिकी डलर सहयोग गरेको छ।

प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा आफ्नो जिम्मेवारी सम्झँदै FONNA ले सदस्य, शुभेच्छुक तथा विभिन्न स्थानमा रहेका नेपालीहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, बागमती प्रदेश, काठमाडौंमा पठाएको हो।

संस्थाका बोर्ड सदस्य देवेन्द्र लामाका अनुसार बाढीपीडित नेपालीको दुःखमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको थियो। अभियानमा FONNA का पदाधिकारी तथा सदस्यसँगै अमेरिका र नेपालका विभिन्न स्थानमा रहेका नेपालीहरू सहभागी भएका थिए।

संकलित रकममध्ये संस्थाका अध्यक्ष भुवनमान डंगोलले २०१ डलर, उपाध्यक्ष विजय थेङ तामाङले १५० डलर, सचिव अर्जुन बगालेले १०१ डलर, कोषाध्यक्ष रसिला पाण्डेले १०० डलर र सदस्य देवेन्द्र लामाले १५१ डलर सहयोग गरेका छन्।

त्यस्तै, दीपक पण्डितले २५१ डलर, बुद्धिमान तामाङले २११ डलर, प्रल्हाद पाण्डेले २०१ डलर, निर्मल पाण्डेले २०० डलर, विष्णु खनालले १०१ डलर, निरञ्जन पाण्डेले १०१ डलर, अच्युत सिग्देलले १०१ डलर तथा अन्य सहयोगीहरूले पनि आफ्नो क्षमताअनुसार योगदान गरेका छन्।

सहयोग अभियानमा न्यूयोर्कमा रहेका नेपालीसँगै अमेरिकाका अन्य राज्य र नेपालबाट समेत व्यक्तिहरू जोडिएका थिए। केशव अधिकारी (बोस्टन), नारायण घिमिरे (नर्थ क्यारोलिना) र निलधर तुलाधर (क्षेत्रपाटी, काठमाडौं) लगायतले पनि सहयोग गरेका छन्।

अभियानमा कृष्ण लामा/श्रीजना लामाबाट ३२५ डलर सहयोग प्राप्त भएको छ। त्यस्तै शिवराम लामिछानेले १०२ डलर, करुण तामाङले ११० डलर, सारस्वती पाण्डेले १०१ डलर, सबिता आचार्यले १०५ डलर, भैरवी पाण्डेले १४० डलर लगायतले योगदान गरेका छन्।

FONNA को विवरणअनुसार संकलित ३,८८२ डलर रकम १७ सेप्टेम्बर २०२६ मा Everest Bank Ltd. मार्फत Prime Minister Disaster Relief Fund, Bagmati Province, Kathmandu को खातामा पठाइएको हो।

रकम संकलनको विवरण र बैंकमार्फत गरिएको स्थानान्तरणको अभिलेखले सहयोग अभियानलाई पारदर्शी ढंगले अगाडि बढाइएको देखाउँछ। संस्थाले सहयोग गर्ने सबै दाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

विपद्का बेला सहयोगको मूल्य रकमको आकारमा मात्र मापन हुँदैन। कसैले ५० डलर दिए, कसैले १००, २०० वा त्योभन्दा बढी—तर सबैको उद्देश्य एउटै थियो, बाढीबाट पीडित आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिनु।

न्यूयोर्कमा बसेर संकलित यो सहयोगले प्रवासमा रहेका नेपालीहरूबीचको सामाजिक सम्बन्ध मात्र होइन, मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय संवेदनालाई समेत उजागर गरेको छ। विपद्को समयमा सीमाना र दूरीभन्दा माथि उठेर गरिएको यस्तो सामूहिक पहलले अरूलाई पनि आफ्नो ठाउँबाट सक्ने सहयोग गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्