आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

हप्तामा कम्तीमा ५ दिन समय दिन मुख्यमन्त्री लामाको आग्रह

admin
admin

काठमाडौं, माघ २० । वागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मन्त्री, सचिव र कर्मचारीहरुलाई कम्तीमा पनि हप्ताको ५ दिन कार्यालयमा समय दिन आग्रह गरेका छन् ।

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मन्त्री, सचिव र कर्मचारीलाई यस्तो आग्रह गरिएको मुख्यमन्त्री लामाले बताए । प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको छ । मन्त्रालयमा मन्त्रीका साथै सचिव र अन्य कर्मचारीले पनि थोरै समय दिने गरेको गुनासो आएपछि मुख्यमन्त्री लामाले जनताको कामलाई प्रभावकारी बनाउन यस्तो आग्रह गरेका हुन् । अधिकांश समय हेटौंडामा नै रहने मुख्यमन्त्री लामाले आफू त्यहाँ बसेपछि अरुलाई पनि बस्नुपर्छ भन्ने भावनाको विकास हुने पनि बताए ।

मुख्यमन्त्री लामाले प्रदेशको समग्र विकासका लागि आफू निरन्तर लागिरहेको पनि बताएका छन् । ‘ यो सरकार आएपछि केही भयो भन्ने अनुभूति दिलाउनु हाम्रो कर्तव्य हो त्यसैले पनि म सक्रिय भएर लागिरहेको छु, आपतकालीन अवस्थामा बाहेक म पनि बाहिर जाँदिन’ मुख्यमन्त्री लामाले भने ‘समग्र प्रदेशको विकासका लागि कसैले पनि पार्टीगत र राजनीतिक स्वार्थ हेर्नु हुँदैन, के गर्दा प्रदेशलाई राम्रो बनाउन सकिन्छ भनेर सबै पार्टी र सरोकारवालासँग पटक पटक छलफल गरिरहेको छु ।’ नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्यसमेत रहेका लामाले नुवाकोटबाट प्रदेशसभाको निर्वाचन जितेका हुन् । प्रदेशको संसदीय दलका नेतासमेत रहेका उनले संविधानले दिएको संघीयताको मर्म र भावनालाई आधार मानेर प्रदेशले आफ्नो अधिकार प्रयोग गरिरहेको पनि जनाएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्