आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

शिवसताक्षीमा मेयरकप प्रतियोगिता हुने

admin
admin

झापा, चैत्र ११ । झापाको शिवसताक्षी नगरपालिकामा मेयर कप प्रतियोगिता हुने भएको छ ।

शिवसताक्षी नगरपालिकाको दुधे रंगशाला मैदानमा चैत्र १६ गतेदेखि २२ गतेसम्म पाँच विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट र कराँते खेल सञ्चालन हुनेछन् ।

प्रतियोगितामा फुटबलतर्फ प्रथम हुनेले ७५ हजार रुपैंयासहित ट्रफी र मेडल, द्वितीयले ४५ हजारसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्नेछन् । त्यस्तै भलिबलतर्फ प्रथम हुनेले ४० हजार रुपैंया र द्वितीय हुनेले २५ हजार रुपैंयासहित अन्य सम्मान पाउने छन् । क्रिकेट खेलतर्फ प्रथम हुनेले ५० हजार र द्वितीय हुनेले ३१ हजार रुपैयाँ पाउने छन् । भलिबलतर्फ विजेताले ४० हजार उपविजेताले २५ हजार रुपैंयाँसहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ ।

मेयर कपमा व्याडमिन्ट सिंगल र डबल, कराँते विधाका समेत खेलहरु समावेश हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । आयोजकले सबै विधाका खेलमा विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाएको छ । प्रतियोगिताका सबै खेलहरुमा नगरका ११ वटै वडाका टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । क्रिकेट खेल शिवसताक्षी– ६ जन आदर्श माविको खेल मैदानमा र कराँते झिलझिलेमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्