
काठमाडौं,चैत्र ११ । झापाको भद्रपुर नगरपालिकाका मेयर गणेश पोख्रेलले स्थानीयलाई भेटेर सडक निर्माणसम्बन्धी छलफल गरेका छन् ।
मेयरको सचिवालयले मेयर पोखरेलले वडा नम्बर ८ को कनकश्री टोलको बाटो निर्माण कार्यलाई प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यले स्थानीयसँग सम्बन्धित ठाउँमै पुगेर छलफल गरेको जनाएको छ । छलफलका क्रममा स्थानीयवासीहरूबाट प्राप्त सुझाव, गुनासा तथा आवश्यकताहरूलाई गम्भीरतापूर्वक लिएको भन्दै मेयर पोख्रेलले सबै समस्याको दिगो समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मेयर पोख्रेलले अरुबेला पनि जनताकै घरदैलोमा पुगेर समस्या सुन्ने गरेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । ‘जनतालाई जहाँ जे समस्या पुग्छ, सकेसम्म छिटो पुगेर समस्या समाधानको लागि पहल गर्दै आएको छु’ मेयर पोख्रेलले भने ‘साधनस्रोतको कमी भएकाले एकैपटक सबै ठाउँमा बजेट र योजना लान नसकिएकला तर पनि प्राथमिकताका आधारमा सकेसम्म नगरपालिकाले गरेको छ ।’






