
काठमाडौं, जेठ १७ । भक्तपुरको सुर्यविनायक नगरपालिकाले महिलाहरुका लागि निःशुल्क व्ल्याङकेट कभर तथा सपिङ झोला बनाउनेसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जेठ ५ गते एक सूचना जारी गरी ७ दिनभित्र निवेदन दिन आग्रह गरेका थिए । नगरपालिकाले विपन्न, बेरोजगार तथा सीप सिकेर स्वरोजगार बन्न चाहनेका लागि निवेदन दिन सूचना जारी गरेको हो । नगरपालिकाले दिने निःशुल्क तालिममा २० जना महिलाले तालिममा सहभागी हुनसक्ने जनाएको छ । १८ वर्ष पूरा भई ५० वर्ष ननाघेकाले निवेदन दिन सक्ने जनाइएको छ । तालिम लिन चाहनेले निवेदनका साथै नागरिकताको प्रमाणपत्रको फोटोकपी, २ प्रति पासपोर्ट साइजको फोटो र सिलाईकटाइसम्बन्धी तालिम लिएको भए सोको प्रमाणपत्र पनि पेश गर्न भनेको छ ।







