बिहीबार, ६ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

चार सांसद हटाउने प्रयास असफल भएपछि राजेन्द्रलाई तनाब

admin
admin

काठमाडौं, भदौ ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वागमति प्रदेशका ४ जना सांसदलाई पदमुक्त गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको सपना चकनाचुर भएको छ ।
आफूले भनेको निर्देशन नमानेको भन्दै लिङ्देनले वागमति प्रदेशका ४ जना सांसदलाई पदमुक्त गर्न भनेर सम्बन्धित निकायमा पत्राचार गरेका थिए तर उनी असफल भए । वागमति प्रदेशसभामा उपसभामुखले उनीहरुलाई पदमुक्त गर्न प्रमाण नपुगेकाले पदमुक्त नभएको निर्णय सुनाएपछि लिङ्देनलाई तनाब भएको छ । उनीहरुलाई पदमुक्त गर्नुपर्ने स्पष्ट कारण नभेटिएको भन्दै उपसभामुखले यस्तो निर्णय सुनाएकी थिइन् । राप्रपाका बहुमत सांसदको समेत समर्थन पाएपछि वागमति प्रदेशमा सरकारले भदौ ९ मंगलबार विश्वासको मत पाएको थियो ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई समर्थन नगर्न भनेर संसदीय दललाई दबाब दिँदा पनि राप्रपाका संसदीय दलका नेता उद्धव थापाले सरकारलाई विश्वासको मत दिने निर्णय गरेका थिए । लिङ्देनले विश्वासको मत दिन नहुन भन्दै अनेक धम्की दिए पनि उनीहरुले टेरेनन् । राप्रपा संसदीय दलका नेता थापासहित तीनजना मन्त्रीलाई पदमुक्त गर्न केन्द्रीय अध्यक्ष लिङ्देनले भनेका थिए । मदमुक्त गर्नु भनेर भनिएकामा थापासहित, राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ रहेका थिए । थापाबाहेक सबैजना मन्त्री छन् । सरकार बन्न असहज भएकाले व्यवहारिक रुपमा समर्थन गरिएको बताए । ‘भन्न त अरु धेरै कुरा पनि भनिएका छन्, हामीलाई आरोप लगाइएका छन् तर हामीले अवस्था सहज बनाइदिएका हौं’ संसदीय दलका नेता थापाले भने ‘ बहुमत सांसदले सरकारलाई समर्थन दिएका हौं, केही सांसदले मानेनन् त्यो बेग्लै कुरा हो ।’ वागमतिमा राप्रपाका १२ जना सांसद रहेका छन् । राप्रपाबाट प्रदेशमा तीनजना मन्त्री भएका छन् । लिङ्देनले कुनै पार्टीसँग ‘सेटिङ’ मिलाएकोले नै आफूहरुलाई निर्णय गर्न अवरोध गरेको राप्रपाका सांसदहरुले बताएका छन् । ‘उहाँले अरु कोहीसँग मिलेर चलखेल गर्न खोज्नुभएको भन्ने सुनियो, कसैले उहाँलाई विभिन्न कुराले प्रलोभनमा पारेको हुनसक्छ’ ती सांसदले भने ।

 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दोहोरो चरित्र देखाएका छन् । सरकारमा जान नहुने कारण के हो भन्ने उनले भनेका छैनन् । लिङ्देनले थापामाथि लिएको ‘एक्सन’ लाई लिएर पार्टीका अर्का नेता कमल थापाले भनें आपत्ति जनाएका थिए । राप्रपाले सरकारलाई समर्थन गरेपछि त्यही दिन बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा कमल थापाले संसदीय दलका नेता थापालाई कारबाही गर्न नहुने अडान लिएका थिए । उद्धव थापा काठमाडौंबाट निर्वाचित प्रदेश सांसद हुन् । उनी पूर्वमन्त्रीसमेत भइसकेका छन् ।

राप्रपाले प्रदेश संरचनाको विरोध गर्दै आएको छ तर पनि प्रदेशमा अवसर पाउँदा भनें लिन पछि परेको छैन । राप्रपाले यसअघि नै कतिपय प्रदेशमा सरकारमा सहभागिता पनि जनाइसकेको छ । यतिमात्रै होइन वागमति प्रदेशमा नै यसअघि राप्रपाका नेता भुवनकुमार पाठक सभामुख रहेका थिए । जेनजी आन्दोलनका क्रममा उनले राजीनामा दिएका थिए । कोशी प्रदेशमा अमरबहादुर विष्ट अहिले पनि सभामुख छन् । पार्टीका धेरैजसो नेताको भनाई एउटै छ ‘कि कतै पनि कहीँ सहभागिता जनाउनु भएन कि प्रदेशलाई आफू अनुकूल निर्णय गर्न दिनुप¥यो ।’ लिङ्देनको कार्यशैलीप्रति पार्टीमा पनि आलोचना भएको छ । उनले पार्टी चलाउन नसकेको भनेर निरन्तर पार्टीभित्रैबाट दबाब आए पनि उनले सहज निकास दिन सकेका छैनन् ।

लिङ्देन संसदको अघिल्लो कार्यकालमा केन्द्रीय सरकारमा उपप्रधानमन्त्रीसहित उर्जामन्त्री भएका थिए । उनको नेतृत्वमा राप्रपा सरकारमा गएको थियो । उर्जामन्त्री हुँदा उनले अकुत पैसा कमाएको पनि पार्टीका असन्तुष्टले भन्दै आएका छन् । ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो’ भनेर आदर्शका कुरा गर्ने उनको बोली र व्यवहारमा भनें धेरै भिन्नता रहेको उनलाई नजिकबाट जान्नेहरु बताउँछन् । त्यतिबेला पनि के आवश्यकताले पार्टी सरकारमा गयो भनेर उनले अहिलेसम्म पनि भन्न सकेका थिएनन् । आफू उपप्रधानमन्त्रीसहित मालदार मन्त्रालय पाउँदा जागिर खान जाने र अरुचाहिँ मन्त्री नै बन्न हुँदैन भन्ने उनको पाराले पार्टीलाई झन् संकटमा पु¥याएको छ । गत फाल्गुणमा भएको संसदीय निर्वाचनमा उनी झापा–३ बाट पराजित भए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्