नागरिक स्वस्थ नभएसम्म समृद्धि सम्भव छैन ः मुख्यमन्त्री थापा थापा
काठमाडौं, असोज १० । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।
विश्व मुटु दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशमा समृद्धि र विकास सम्भव नहुने बताए । मुख्यमन्त्री मगरले हेटौँडा र भक्तपुर अस्पतालमा क्याथल्याबसहितको कार्डियो सेवा सुरु गर्न बजेट विनियोजन गरिएको पनि स्पष्ट पारे । हृदयघात हुँदा बिरामीलाई काठमाडौँसम्म ल्याउन धेरै समय लाग्ने भएकाले मोफसलमै प्राथमिक उपचारको व्यवस्था गरिएको उनले बताए ।
‘हृदयाघातको जोखिमलाई मध्यनजर गर्दै सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर र चितवनलगायतका १० वटा अस्पतालमा आवश्यक भ्याक्सिनको व्यवस्था मिलाइएको पनि मुख्यमन्त्रीले जानकारी दिए । रसुवाको बाढीपछिको विपद् व्यवस्थापन, क्षतिपूर्ति तथा राहत वितरणमा प्रदेश सरकार गम्भीर भएर लागेको पनि उनले बताए ।

