प्रदेशको नाम वागमती परिवर्तन गरेर ‘नेवा–ताम्सालिङ’ नै राखिनुपर्छ– मुख्यमन्त्री जम्मकट्टेल
भक्तपुर, ३ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन् । भक्तपुरको मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वागमती प्रदेशको नाम र राजधानी दुवै उपयुक्त नरहेको बताए । वागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि त्यतिबेला सम्भव हुन नसकेको बताए । ‘प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ…

