रमेशकुमार बोहोरालाई मिलाप पत्रकारिता सम्मान
काठमाडौं । अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरालाई बिहीबार सम्मान गरिएको छ । मिलाप मासिकद्वारा आयोजित विशेष समारोहमा प्रमुख अतिथि रहेका पूर्वउपराष्ट्रपति परमानन्द झाले बोहोरालाई सम्मान गरेका हुन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्यसमेत रहेका बोहोरालाई ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट सम्मान गरिएको हो । बोहोराले पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेसनकी अध्यक्ष गिता अधिकारीले जानकारी दिइन् । पत्रकार रमेश कुमार बोहोरा बिगत १६ वर्षदेखि निरन्तर…

