जसलाई पनि माफी दिएपछि राष्ट्रपति फेरि आलोचित
काठमाडौं । विभिन्न दिवस र अवसरमा आफूले पाएको संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपति रामचन्द्र पौडेलले जोसुकैलाई पनि माफी दिन थालेपछि उनी आलोचित भएका छन् । राष्ट्रपतिले सरकारले गरेको सिफारिसलाई कार्यान्वयन गर्ने हो तर माफी दिने राष्ट्रपति भएकाले सरकारलाई भन्दा बढी आलोचना राष्ट्रपतिलाई गर्ने गरिएको छ । सरकारले आफूनिकट रहेका जसलाई पनि ‘सेटिङ’ का आधारमा माफी दिने गरेको छ । कसलाई माफी दिन हुने र कसलाई नहुने भन्ने प्रष्ट नभएकाले पनि राजनीतिक पहु्ँच भएकाले जस्तोसुकै अपराध गरेको भए पनि उन्मुक्ति पाउने…

