साना लगानीका मिडियालाई बचाउनेतिर सरकारले ध्यान दिओस्– बोहोरा
काठमाडौं, भदौ ३१ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य तथा अर्थ सवाल साप्ताहिकका सम्पादक रमेशकुमार बोहोराले साना लगानीमा सञ्चालित मिडियालाई बचाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का सचिव तथा बागलुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसदसमेत रहेका पूर्वमन्त्री देवेन्द्र पौडेलले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोहोराले पछिल्लो समयमा साना लगानीका मिडियाले धेरै समस्या भोगेको बताए । ‘साना पत्रिका भन्दिन म, पत्रिका कुनै पनि सानो र ठूलो हुँदैन, लगानीमात्र सानो हो, यी मिडियालाई समस्या छ, कुन दिन…

