धेरै चुनौतीहरुको बीचमा केही आशा दिनेगरि सरकारले काम गरेको छ : मन्त्री ज्वाला
काठमाडौ, २० साउन । राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले बताएका छन् । समाजवादी इन्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरुलाई राजनीतिकरुपमा नै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । मन्त्री ज्वालाले भने ‘ राष्ट्र निमार्णको इञ्जिनियरिङ गर्ने जिम्मा तपाईहरुको छ, विकासको रोड म्याप बनाउँने जिम्मा छ, त्यसमाथि समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरु राजनीति रुपमा हामी सहयोग गरौंला त्यसको खाका तपाईहरुले बनाउने हो । ’ उनले गुण…

