कांग्रेस केन्द्रीय सदस्य गौतम भन्छन् ‘नेताहरुलाई भगवान मान्नुपर्ने हो र ?
काठमाडौं, साउन ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीको काम कारबाहीप्रति आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनल पार्टी विधानअनुसार नचलेको आरोपसमेत लगाए । उनले ‘पार्टीका नेताहरूलाई भगवान र राजाजस्तै मान्नुपर्ने हो ? भनेर प्रश्न गरे । बैठक मंगलबारबाट जारी छ । ‘पार्टीका नेताहरू नै भगवान हुन् ? र राजा मान्नुपर्ने हो ? कि विधिले हामीलाई निर्देशित गर्नुपर्ने हो ? यहाँहरूले जे गरे पनि हुने हामीले बोल्न पनि नहुने ?’ उनले भने…

