भूकम्पमा परेर २० जनाको मृत्यु
काठमाडौं, पौष १७ । जापानमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्र भएर सोमवार ७ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुको निरन्तर उद्धारको काम भइरहेको जानकारी दिएका छन् । यो भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनीसमेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् । भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका…

