पहिलो शाखादेखि दोस्रो शाखासम्मः स्प्राकल ब्यूटीको सफल यात्रामा महराको साथ
काठमाडौं । सौन्दर्य तथा कस्मेटिकसम्बन्धी सेवा प्रदान गर्दै आएको स्प्राकल ब्यूटी एकेडेमीले काठमाडौंको तारकेश्वर नगरपालिका–नेपालटारमा आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। होराइजन अस्पतालको अगाडि स्थापना गरिएको शाखाको मंगलबार औपचारिक उद्घाटन वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले गरेकी हुन्। मेकअप, हेयर स्टाइलिङ, फेसियल, स्किन केयरलगायत सौन्दर्य तथा व्यक्तिगत स्याहारसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको एकेडेमीले सञ्चालनको एक वर्षमै दोस्रो शाखा विस्तार गरेको हो। सौन्दर्य क्षेत्रमा बढ्दो आकर्षण तथा ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको सञ्चालकहरूले बताएका छन्। दोस्रो शाखाको उद्घाटन…

