आजको विदेशी मुद्राको विनिमयदर : घट्यो युरोको भाउ
काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ । आज युरोको भाउ घटेर आएको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिद दर १४२ रुपैयाँ २६ पैसा र बिक्री दर १४२ रुपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।…

