साहित्यकार एवं पत्रकार ओझा, प्यारालिम्पिक पदक विजेता पलेशासहितलाई स्याटको सम्मान
काठमाडौं, फागुन १३ । स्कुल्स एलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसन (स्याट) ले विभिन्न क्षेत्रका पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ। मंगलबार रुसी संस्कृति केन्द्रमा आयोजित समारोहमा उनीहरूलाई सम्मान प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा साहित्यकार एवं पत्रकार सरोज ओझा, प्यारालिम्पिक पदक विजेता पलेशा गोवर्धन, काठमाडौं शिक्षा इकाइ प्रमुख बिचारी प्रसाद अधिकारी, चलचित्र पत्रकार सानु श्रेष्ठ र गायक लाक्पा शेर्पा रहेका छन्। प्यारालिम्पिक पदक विजेता पलेशा गोवर्धन अध्ययनको सिलसिलामा हाल चीनमा रहेकीले उनकोतर्फबाट पिता प्रदिप गोबर्धनले सम्मान ग्रहण गरेका थिए। सम्मान समारोहमा नेपाल…

