ठूला नेताको नाम आएपछि सुन काण्ड पनि सेलाएर जान्छ : शेखर कोइराला
काठमाडौ, १८ साउन । भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहिनताको अन्त्य गर्ने हो भने नेपालको भविष्य उज्वल रहेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखा प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा नेता कोइरालाले भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको भन्दै देशमा कुनै घटना भएपनि माथिल्लो तहको मानिसको सहभागिताले हराएर जाने प्रवृत्ति बढेको पनि बताएका छन् । नेता कोइरालाले भने, भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ, अहिले जुन सुन काण्ड आएको छ त्यो पनि…

