बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
आर्थिक

आठ वर्षपछि खुल्यो तातोपानी नाकाबाट आवतजावत

admin
admin

काठमाडौं, १६ भदौ । आठ वर्षपछि नेपाल–चीन सीमानाका तातोपानीबाट आवतजावत सुरु भएको छ । १२ वैशाख २०७२ मा गएको शक्तिशाली भूकम्पछि पूर्ण रुपमा बन्द रहेको तातोपानी नाकाबाट शुक्रबारदेखि आवतजावत सुरु भएको हो ।

लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले स्वागत गरेर आवतजावतको सुरु गरिएको हो । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट गत १८ वैशाखबाट दोहोरो आयात निर्यात खुलाइएको थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्